मंसिर ४ र ५ गते सार्वजनिक बिदा, शिक्षण संस्थालाई मंसिर २ देखि ५ सम्म बन्द

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिएको छ ।

नेपाल सरकार गृह मन्त्रालयले सूचना जारी गर्दै मंसिर ४ र ५ गते सार्वजनिक निकाय तथा सरकारी कार्यालयहरुलाई सार्वजनिक बिदा दिएको हो भने मंसिर २ गतेदेखि ५ गतेसम्म शिक्षण संस्थाहरुलाई बिदा दिइएको हो ।

मतदानस्थल रहेका विद्यालयहरुलाई मंसिर २ देखि ५ गतेसम्म बिदा दिइएको हो ।