काभ्रेको गठबन्धनको जितलाई अब कसैले रोक्न सक्दैन: लालध्वज
पनाैती । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पनाैती नगर कमिटिले उम्मेदवार भेटघाट तथा चुनावी अगुवा कार्यकार्ता पशिक्षण कार्यक्रम गरेकाे छ ।
मंगलबार काभ्रेको पनौतीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सचिव एवं बागमती प्रदेश कमिटी इन्चार्ज हितमान शाक्यको प्रमुख आतिथ्यतामा उक्त उम्मेदवार भेटघाट तथा चुनावी अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि शाक्यले एमाले अध्यक्ष केपी शर्मा ओलीभित्र तानाशाही निरंकुश प्रवृत्ति भएको बताएका छन् । उनले भने, ‘ओलीजीसँग तानाशाही र निरंकुश प्रवृत्ति देखियो, उहाँले तानाशाही प्रवृत्ति देखाएकै कारण आजको अवस्था आएको हो ।’
त्यस्तै उनले नेपालको चुच्चे नक्सा प्रचण्डको कारण सार्वजनिक भएको बताउँदै ओली प्रधानमन्त्री हुँदा नेपालको चुच्चे नक्सा ल्याउन प्रचण्डले दबाब दिएपछि मात्रै ओलीले बाध्य भएर सार्वजनिक गरेकाे बताएका छन् । चुच्चे नक्सा सार्वजनिक गर्ने पक्षमा थिएन उनी तर नक्सा सार्वजनिक भएपछि त्यसको जस लिन खोेजेका हुन् ओलीले, शाक्यले थपे ।
साेही कार्यक्रमका बिशेष अतिथि नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धन काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ का साझा उम्मेदवार सुर्यमान दोङ (लालध्वज)ले काभ्रेको गठबन्धनको जितलाई अब कसैले रोक्न नसक्ने बताएका छन् । उनले गठबन्धनकाे जित सुनिश्चित भइसकेको भन्दै कति मतान्तरले जित्ने भन्ने मात्रै हेर्न मंसिर ४ को प्रतिक्षामा रहेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै लालध्वजले संविधान र गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको भन्दै प्रतिगमनको खतरा रहेसम्म गठबन्धन निरन्तर रहिरहने बताए ।
त्यस्तै काभ्रेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का गठबनधनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईंले राजा महेन्द्र र एमाले अध्यक्ष केपी ओलीमा केही भिन्नता नभएको बताए । हुमागाईंले राजावादीलाई काँधमा बोकेर गरेको एमाले नेतृत्वको गठबन्धन अपवित्र भएकाे भन्दै औचित्य र आवश्यकताको आधारमा जनताको हितमा भएको बाम लोकतान्त्रिक गठबन्धन पवित्र भएको बताएका छन् ।
काभ्रे १ को प्रदेश सभा (ख) का गठबन्धनका साझा उम्मेदवार तिर्थ लामाले एमाले अध्यक्ष ओलीले संविधानको आभारभूत स्तम्भहरु भत्काउने काम गरेको बताए । लामाले ओली अग्रमनतिर नभई प्रतिगमनको बाटो समतेपछि त्यसबाट देशलाई जोगाउनको लागि गठबन्धन भएको बताए ।
त्यस्तै, काभ्रे २ को प्रदेश सभा (ख) का साझा उम्मेदवार कञ्जनचन्द्र वादेले अफुले काभ्रेलीकाे शिर नझुक्ने गरि जनताकाे पक्षमा काम गर्ने बताएका छन् । उनले थपे, आफुले बिगतमा पनि दाग लाग्ने काम गरेकाे छैन र अब पनि त्याे हुने छैन । उनले काभ्रेकाे शिर उचाे राखेर गठबन्धनकाे पक्षमा काम गर्ने बताएका छन् ।