अष्ट्रेलियाको सिड्नीमा नेपाल फेस्टिबल हुँदै

अष्ट्रेलिया । अष्ट्रेलियामा नेपाली संस्कृतिलाई चिनाउने उद्देश्यले सिड्नीमा ‘नेपाल फेस्टिबल २०२२ सिड्नी’ आयोजना हुने भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोग र क्विन्सल्याण्ड कलेजको मुख्य प्रायोजनमा हुन गइरहेको फेस्टिबल शुक्रबार सिड्नीको वरवुड पार्कमा हुने भएको हो ।

‘वन् कन्ट्री मेनि स्टोरिज्’ नाराका साथ हुन लागिरहेको नेपाल फेस्टिभलमा अष्ट्रेलियाका टिभी प्रिजेन्टर रिचार्ड विल्किन्स्का साथमा नेपालका हास्यकलाकार सन्दीप क्षेत्री, नेपाली गायक प्रकाश सपुत र नेपाली म्युजिकल ब्याण्ड दीपक बज्राचार्य एण्ड द रिदम व्याण्डको सांगीतिक प्रस्तुति रहनेछ ।

फेस्टिबलले नेपाली संस्कृति, भाषा, भेषभूषा र समग्र नेपाली मौलिकपनको प्रबद्र्धन गर्ने र अष्ट्रेलियामा रहेका अन्य मुलुकका व्यक्ति लगायतका अष्ट्रेलिया निवासीहरु नेपाल चिनाउने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।