युएई विरुद्ध नेपालको जित, तीन खेलको श्रृंखला बराबरीमा

कीर्तिपुर । कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा भएको युएई विरुद्धको दोस्रो खेलमा ३ विकेटको जित निकालेको छ ।

नेपालको जितसँगै तीन खेलको श्रृंखला एक–एकको बराबरी भएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा सबै विकेट गुमाएर १९१ रन बनाएका थिए । युएईका लागि मुहम्मद वसिमले ४६ बलमा ५० रन र अलिसान साराफुले ४३ बलमा ३५ रन बनाएका थिए भने नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले ३–३ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा नेपालले खराब सुरुवात गरेका थिए । नेपालले २६ रन बनाएर क्रिजमा रहेका ज्ञानेन्द्र मल्ललाई चौंथो विकेटको रुपमा गुमाउँदा मात्र ५४ रन बनेको थियो । त्यसपछि आरिफ सेखले ५८ बलमा अविजित ३३ र गुल्सन झाले ४९ बलमा ३७ रन बनाएपछि ४७ ओभर ५ बलमा विजयलक्ष्य हासिल गरेका थिए ।

युएईका लागि रोहन मुस्तफाले ३ र हजरत विलालले २ विकेट लिएका थिए ।

तेस्रो तथा अन्तिम एकदिवसीय खेल शुक्रबार खेल्नेछ ।