विश्वकप फुटबल हेर्न नेपाली दर्शकले पाँच सय तिर्नुपर्ने

काठमाडौं । आगामी मंसिर ४ गतेदेखि कतारमा हुने फिफा विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न नेपाली दर्शकले शुल्क तिर्नुपर्ने भएको छ ।

नेपालमा विश्वकप प्रसारणका लागि मिडिया हबले शुल्क बुझाएर फिफाबाट अनुमति लिएको थियो । विश्वकप फुटबल निःशुल्क हेर्न पाउनुपर्ने भन्दै दुई अधिवक्तले दायर गरेको निवेदनले सर्वाेच्च अदालतले प्रसारणको तयारीलाई यथास्थानमा राख्न आदेश दिएको थियो । बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त आदेश खारेज गरेको हो ।

यससँगै नेपाली दर्शकले कतारमा हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने भएको हो ।

विश्वकप फुटबलको नेपाली टेलिभिजन हिमालयन टिभीबाट हुने भएको छ भने दर्शकले ६४ वटै खेलको पाँच सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।