काभ्रेमा मंसिर १ देखि ५ गतेसम्म ट्रिपर सञ्चालनमा राेक
काभ्रेपलान्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले ट्रिपर सञ्चालनमा राेक लगाएकाे छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ काे व्यवस्थापकीय कार्यलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय काभ्रेले ट्रिपर सञ्चालनमा राेक लगाएकाे छ ।
जिप्रका काभ्रेपलान्चोकले काभ्रे जिल्ला भर २०७९ मंसिर १ गतेदेखि मंसिर ५ गते बेलुका ९ बजेसम्मका लागि ट्रिपर सञ्चालन बन्द रहने सूचना प्रकाशन गरेकाे छ ।