उम्मेदवार दोङ र ढकालको पहलमा महाभारत जाेड्ने सडक कालाेपत्रेका लागि झण्डै १ अरब बजेट
काभ्रेपलान्चोक । बिपी राजमार्गबाट राेसी हुँदै कभ्रेकाे महाभारत गाउँपालिका जाेड्ने १७ किमी सडक कालाे पत्रेका लागि ९८ कराेड ७४ लाख १७ हजार ३०८ रुपैयाँ बजेट छुट्याईएकाे छ । उक्त बजेट नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा प्रतिनिधि सभा काभ्रे क्षेत्र नम्बर १ का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) र वगामती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री तथा प्रदेश सभा (क) का उम्मेदवार रत्न ढकालको विशेष पहलमा विनियोजन भएको हो ।
महाभारत गाउपालिका अध्यक्ष कान्छालाल जिम्बाले पिन्थली–राजाबस–भूमीचुली–बुढाखानी–देवीटार सडक, महाभारत गाउँपालिका शिर्षकमा साे बजेट छुट्टयाइएको जानकारी दिए । उनका अनुसार बजेट स्वीकृत भइ ठेक्काको लागि बोलपत्र आव्हान समेत भएको छ । यो बजेटले उक्त क्षेत्रमा १७ किलोमिटर सडक पिच हुने जिम्बाले बताए ।
यस अघि पनि ९ किलोमिटर सडक पिच गर्नका लागि दोङ र ढकालको विशेष पहलमा ४९ करोड बजेट व्यवस्था भई काम भइरहेको छ । यो सँगै अब २५ किलोमिटर सडक पिच हुने भएकाे छ ।