रवि लामिछानेको क्षेत्रको मतगणना १ बजेबाट सुरु हुने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रको मतगणना दिउँसो १ बजेबाट सुरु हुने भएको छ ।
लामिछानेको उम्मेदवारी रहेको चितवन क्षेत्र नं. २ को सर्वदलीय वैठक सम्पन्न भएपछि दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने निर्णय भएको छ । उनको चुनाव चिन्ह गोलाकार भित्रको घण्टी रहेको छ ।
साथै, चितवन क्षेत्र नं. १ को मतगणना समेत बिहान ११ बजेबाट सुरु हुने बताइएको छ ।