काभ्रेमा क्रियाशिल ३१ राजनीतिक दलसंग गर्याे जिल्ला निर्वाचन कार्यालयले छलफल

काभ्रेपलान्चोक । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलान्चोकले जिल्लामा क्रियाशिल राजनीतिक दलहरूसंग छ्लफल गरेकाे छ । कार्यालयले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलमा जिल्लामा क्रियाशिल राजनीतिक दलहरूसंग आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा उम्मेदवारि मनोनयन दर्ता र आचारसंहिताका बारे दलहरूसँग छ्लफल गरेकाे हाे ।

छ्लफलमा जिल्लामा क्रियाशिल ३१ वटा राजनीतिक दल तथा दलका प्रतिनिधिहरूकाे सहभागीता रहेकाे थियाे । छलफलमा उम्मेदवारहरूले प्रचार प्रसारका साथै संचार माध्यमकाे प्रयाेग, झण्डा र चुनाव चिन्हकाे प्रयाेग, सवारी साधनकाे प्रयाेग, जुलुस, आमसभा, काेणसभा र भेला, आचारसंहिता लगायत उम्मेदवारहरूले गर्न नहुने कार्यका बारेमा छलफल भएकाे थियाे। छ्लफलमा उम्मेदवार मनाेनयन दर्ता गर्न जादा २५ जनासम्म जुलुस लिएर जान सकिने र साे क्रममा बाजा गाजा तथा झाकी सहित जान नपाइने जनाइएकाे छ । साेही छलफलले उम्मेदवारी मनाेनयन दर्ताका लागि पार्टीगत रूपमा समयसमेत निर्धारण गरेकाे छ ।

मनाेनयन दर्ता असाेज २३ गते ताेकिएकाे छ । मनाेनयनपत्र दर्ता गर्दा प्रतिनिधि सभा सदस्यकाे लागि १० हजार र प्रदेश सभा सदस्यकाे लागि ५ हजार रूपैयाँ धराैटी जम्मा गर्नुपर्नेछ । महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारकाे हकमा भने धराैटी रकममा ५० प्रतिशत छुट हुनेछ । निर्वाचनका लागि १ हजार ८ सय ९८ जना म्यादी प्रहरी परिचालन हुने जनाईएमाे छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख चक्रराज जोशीले म्यादी प्रहरीका लागि आगामी ३० गतेबाट १० दिनकाे तालिम हुने बताएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लामा शान्ति सुरक्षाकाे अवस्था सामान्य रहेकाे र निर्वाचन केन्द्रीत सबै तयारी भइसकेकाे बताईन । आगामी निर्वाचनका लागि जिल्लामा यस अघि नै मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयका स्थापना भइसकेको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलान्चोकले धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृतकोे कार्यालय अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय र पनौती नगरपालिकाको कार्यालयमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्कर २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेकाे छ ।

काभ्रेपलान्चोक जिल्लामा कुल ३ लाख १० हजार ६३ मतदाता रहेका छन् भने कुल ३ सय ८९ मतदान केन्द्र रहेको छ। मुख्य जिल्ला निर्वाचन अधिकृत माेहनराज भट्टराईकाे अध्यक्षतामा भएकाे छलफल जिल्ला निर्वाचन अधिकारी उमेश कुमार राईले संचालन गरेका थिए ।