ओली र देउवा दोब्बर मतले अगाडि, नेपालको झिनो अग्रता

काठमाडौं । हिजो भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनाको परिणाम आउने क्रममा के.पी. शर्मा ओली र शेरबहादुर देउवा दोब्बर मतले अगाडि छन् भने माधव कुमार नेपालको झिनो अग्रता लिएका छन्

समाचार तयार पार्दासम्म डडेलधुरा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका सभापति देउवाले १७३६ मत ल्याएका छन् भने प्रतिस्पर्धामा स्वतन्त्रतर्फका सागर ढकालले ९४३ मत ल्याएका छन् ।

यस्तै, झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष ओलीले ३२१२ मत ल्याउँदा नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १५२३ र राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ६०२ मत ल्याएका छन् ।

यसैगरी, रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले १४७५ मत ल्याएका छन् भने नेकपा एमालेका अजयकुमार गुप्ताले १२१६ मत प्राप्त गरेका छन् ।

मतगणना जारी छ ।