काभ्रेमा कांग्रेसको सुरुवाती अग्रता

धुलिखेल । काभ्रे जिल्ला निर्वाचन क्षेत्र नं. २ को मतगणना सुरु भएसँगै प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

ढिलो गरी सुरु भएको मतगणनामा काभ्रे क्षेत्र नं. २ को बेथान्चोक गाउँपालिकाबाट गणना सुरु गरिएको हो । जसमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंको ५१५ र नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाको ३२३ मत रहेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीतर्फका दिनेश हुमागाईंले ३० मत प्राप्त गरेका छन् । मतगणना जारी छ भने निर्वाचन क्षेत्र नं. १ को मतगणना हुन बाँकी छ ।