हजार मतभन्दा बढीले हुमागाईं बास्कोटाभन्दा अगाडि

धुलिखेल । काभ्रे निर्वाचन क्षेत्र नं. २ मा गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईं १ हजार २६२ मतले अगाडि छन् ।

बेथानचोक गाउँपालिकाको मतगणना सकिँदासम्म हुमागाईंले ४ हजार ११५ र निकटम् नेकपा एमालेका गोकुल बास्कोटाले २ हजार ८५३ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५४९ प्राप्त गरेका छन् ।

मतगणना जारी छ ।