विश्वकप दाबेदार अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियासँग पराजित
कतार । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गतको खेलमा साउदी अरेबियाद्वारा विश्वकप दाबेदार मानिएको अर्जेन्टिना पराजित भएको छ ।
खेल सुरु भएको १० मिनेटमा पेनाल्टी पाएको अर्जेन्टिनाका लागि लियोनल मेस्सीले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा साउदी बिरुद्ध हाबी देखिएको अर्जेन्टिनाले गरेको २ वटा गोल भिएआरमार्फत अफसाइड करार दिइएको थियो ।
पहिलो हाफमा १–० ले पछि परेको साउदी अरेबियाका लागि अल सेरीले ४९ औं मिनेटमा गोल गर्दै १–१ को बराबरीमा ल्याएका थिए । त्यसको ५ मिनेटपछि ५४ मिनेटमा नै पुनः साउदी अरेबियाका अल दवसारीले गोल गर्दै साउदी अरेबियालाई २–१ को अग्रता दिलाउन सफल भएका थिए । जुन गोल निर्णायक गोल बन्न पुग्यो ।
विश्वकप इतिहासमै खेलमा पहिलो गोल गरेमा हार व्यहोर्दै आएको अर्जेन्टिनाले उक्त इतिहासलाई पुनः दोहोराएको छ ।
समुह ‘सी’ अन्तर्गतको दोस्रो खेलमा मेक्सिको र पोल्याण्ड नेपाली समयानुसार आज राति ९ः४५ आमनेसामने हुनेछन् ।