एमाले वरिष्ठ नेता पोखरेललाई हराउँदै पौडेल विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं क्षेत्र नं. ५ मा नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५ हजार ६५ मतले पराजित गर्दै नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका छन् ।

पौडेलले १५ हजार २३७ र निकटम् प्रतिस्पर्धी पोखरेलले १० हजार १७२ मत ल्याएका थिए । अर्का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. प्रणय शम्शेर राणाले ४ हजार १७९ मत प्राप्त गरेका थिए ।