तोसिमा कार्की चार हजार मतले अगाडि
ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को मतगणनाको नतिजा आउने क्रममा हालसम्मको अवस्थामा तोसिमा कार्की ४ हजार ३४५ मतले अगाडि छिन् ।
ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तोसिमा कार्कीले १० हजार ८३२ मत प्राप्त गरेकी छिन् भने निकटम् प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले ६ हजार ४८७ मत प्राप्त गरेका छन् ।
प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ३ हजार ५०२ मत सहित तेस्रो स्थानमा छिन् ।
मतगणना जारी छ ।