काभ्रे २ मा हुमागाईकै अग्रता

धुलिखेल । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाई ८ सय १९ मतले अगाडि छन् ।

बेथानचोक गाउँपालिकाको १ देखि ५ र बनेपा नगरपालिकाकाे १ देखि १० सम्मकाे मतगणना सकिँदासम्म हुमागाईंले ११ हजार ८ सय ६९ मत प्राप्त गरेका छन् भने निकटम् नेकपा एमालेका गोकुलप्रसाद बास्कोटाले ११ हजार ५० मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ४ हजार २ सय ९२ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेकाे छ ।