प्रतिनिधि सभामा सिन्धुलीबाट माओवादीले खाता खोल्यो, राजन दाहाल विजयी
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत सिन्धुलीबाट क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् ।
एमाले नेता मनोजजंग थापालाई हराउँदै दाहाल विजयी भएका हुन् । दाहालले २७ हजार ५ सय १७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका मनोजजंग थापाले २१ हजार ६ सय ८७ मत प्राप्त गरेका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहालले १ हजार ५ सय ५३ मत प्राप्त गरेका छने भने राप्रपाका भिष्मराज श्रेष्ठले १ हजार ३ सय ४० मत प्राप्त गरेका छन् ।