हुमागाई ४ सय ५४ मतले अगाडी

धुलिखेल । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत काभ्रेपलान्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले अग्रता कायममै राखेका छन् । हुमागाई ४ सय ५४ मतले अगाडी छन् ।

बेथानचोक गाउँपालिकाको १ देखि ५ र बनेपा नगरपालिकाकाे मतगणना सकिँदा हुमागाईंले १३ हजार ९ सय १५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका गोकुलप्रसाद बास्कोटाले १३ हजार ४ सय ६१ मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५ हजार १ सय ९४ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेकाे छ ।