स्वतन्त्रका सागर भन्दा देउवा झण्डै दोब्बर मतले विजयी
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा डडेलधुरा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवार सागर ढकालभन्दा झण्डै दोब्बर मत ल्याई विजयी भएका छन् ।
देउवाले २५ हजार ५३४ मत ल्याएका हुन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन् । त्यस्तै, नेपाली कांग्रेस (बी.पी.) का उम्मेदवार कर्णबहादुर मल्लले ७ हजार ५३४ मत ल्याएका छन् ।
देउवाको जितसँगै आफ्नो व्यक्तिगत ट्विटमार्फत अत्यधिक बहुमत सहित विजयी गराउनुभएकोमा डडेलधुरावासीमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।