झाँक्रीलाई दुई हजार मतले पराजित गर्दै गोकर्ण विष्ट विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा सत्तारुढ गठबन्धनकातर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतले नेकपा एमालेका गोकर्णराज विष्टले पराजित गरेका छन् ।

विष्टले २८ हजार ४७६ मत ल्याएका थिए भने झाँक्रीले २६ हजार ४४२ मत ल्याएका हुन् । गुल्मी क्षेत्र नं. २ को उक्त प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार कमला पुनले ४६३ मत ल्याएका छन् ।