ताप्लेजुङमा नेकपा एमालेका योगेश भट्टराई दुई सय मतान्तरले विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा ताप्लेजुङ निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार योगेशकुमार भट्टराई विजयी भएका छन् ।

नेकपा एमालेका सचिव समेत रहेका भट्टराईले निकटम प्रतिस्पधी नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतले पराजित गरेका हुन् । विजयी भट्टराईले २१ हजार ९४३ मत ल्याएका छन् भने निकटम् प्रतिस्पर्धी बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याएका छन् ।