फिफा बरियताको २२ औं स्थानमा रहेको मोरक्को सामना गर्दै साविक उपविजेता क्रोएसिया
कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आज हुने पहिलो खेलमा साविक उपविजेता क्रोएसियाले मोरक्कोको सामना गर्दैछ ।
सन् २०१८ को फाइनलमा फ्रान्ससँग पराजित भएपछिको विश्वकपमा पहिलो खेलमा क्रोएसियाले मोरक्कोको सामना नेपाली समयानुसार दिउँसो ३ः४५ बजे गर्नेछ ।
विश्वकपमा यी दुई देश बीचको पहिलो भेट हो । यसअघि यी दुई देश सन् १९९६ को डिसेम्बरमा खेलेका थिए । जुन खेल ट्राइबेकरमा पुग्दा ७–६ गोलले क्रोएसियाले जितेको थियो ।
फिफा बरियताको २२ औं स्थानमा रहेको मोरक्को चेल्सी मिडफिल्डर हाकिम जियेचको कप्तानीमा मैदान उत्रिँदैछ ।
यस्तै, बरियताको १२ आंै स्थानमा रहेको क्रोएसियालाई आक्रामक खेल्नका लागि टोटनह्यामका खेलाडी इभान पेरिसिकको भरपर्नु पर्नेछ भने मिडफिल्डमा लोकप्रिय खेलाडी लुका मोड्रिक मैदान उत्रिनेछन् ।