उपेन्द्र यादवलाई भारी मतान्तरलाई पराजित गर्दै सिके राउत विजयी
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा चन्द्रकान्त (सिके) राउत भारी मतान्तरले विजयी भएका छन् ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतले पराजित गरेका हुन् । राउतले ३५ हजार ४२ मत ल्याएका थिए भने यादवले मात्र १६ हजार ९७९ मत ल्याएका थिए ।
स्वतन्त्र मधेस गठबन्धनका नाममा तराई मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आएका सीके राउत २०७५ साल फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका हुन् ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत प्राप्त गरेका छन् ।