शिक्षामन्त्री पौडेल बागलुङ २ बाट निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत बागलुङ क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

पौडेलले नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५ सय ९९ मतान्तरले पराजित गर्दै २४ हजार ७ सय ७९ मत प्राप्त गरि लगातार दोस्रो पटक निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १ सय ८० मत प्राप्त गरेकी छिन् ।

यस्तै, साेही क्षेत्रमम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तीला खत्री २ हजार ३ सय २५ मत प्राप्त गरेकी छिन् ।