ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा निर्वाचित
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत ओलखढुंगाबाट नेपाली कांग्रेसका रामहरि खतिवडा प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।
खतिवडा ३३ हजार ५ सय ५६ मतसहित निर्वाचित भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।
यस्तै, जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८ सय ९७ मत प्राप्त गरेका छने भने राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले ७ सय १४ मत प्राप्त गरेकि छिन् ।