झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको जित
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा झापा क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनतर्फबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जित हासिल गरेको छ ।
शर्माले नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतले पराजित गरेका हुन् ।
शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गरेका छन् भने खरेलले २५ हजार ३ सय ४९ मत प्राप्त गरेका छन् । यस्तै, उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार ओमनाथ भण्डारीले ८ हजार ५ सय ६४ मत प्राप्त गरेका छन् ।
यस अघिको निर्वाचनमा दुई पटक हार व्यहोरेका महामन्त्री शर्माले तेस्रो पटकको उम्मेदवारीमा जित हात पारेका हुन् ।