२८ हजार मतले नेकपा एमाले अध्यक्ष ओली विजयी
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २८ हजार ५७४ मतले विजयी भएका छन् ।
झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका उनले ५२ हजार ३१५ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनतर्फका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गरेका सुरेशकुमार पोखरेलले १० हजार ८८६ मत प्राप्त गरेका छन् ।