सन् २०१४ को विश्वकपको उत्कृष्ट प्रदर्शन दोहोर्याउने लक्ष्यमा कोस्टारिका
कतार । कतारमा जारी फिफा विश्वकप २०२२ मा पुनः सन् २०१४ को उत्कृष्ट प्रदर्शन दोहोर्याउने लक्ष्यमा कोस्टारिका मैदान उत्रिनेछ ।
सन् २०१४ मा ग्रुप अफ डेथमा रहेर पनि समुह कोस्टारिका विजेता बनेको थियो । उक्त समुहमा उरुग्वे, इङ्गल्याण्ड र इटाली रहेका थिए । अन्तिम १६ मा ग्रीसलाई पन्छाउँदै क्वाटरफाइनल पुगेको कोस्टारिका नेदरल्याण्डसँग टाइब्रेकरमा पराजित भएको छ । यसपटकको विश्वकपमा पुनः जर्मनी, स्पेन र जापान रहेको समुहमा परेको छ ।
आज नेपाली समयानुसार राति ९ः४५ बजे कोस्टारिका सन् २०१० को बिजेता स्पेन बिरुद्ध मैदान उत्रिनेछन् ।
यता स्पेन युरोप नेशन लिगको प्रदर्शन र पोर्चुगललाई पराजित गरेको आत्मबलका साथ मैदान उत्रिनेछन् । स्पेनबाट १८ वर्षीय गाभी, १९ वर्षीय पेड्रीको साथमा चेल्सी डिफेन्डर सेसर एप्लेजिक्युटासँग मैदान उत्रिनेछ ।