एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ करिब १० हजार मतान्तरले निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत बारा ४ बाट गठबन्धनतर्फका नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

एमाले-जसपा गठबन्धनका तर्फका उम्मेदवार नेकपा एमालेका एकवाल मियालाई करिब १० हजार मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।

श्रेष्ठ २९ हजार ५ सय ५ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एकवालले १९ हजार ४ सय ३९ मत प्राप्त गरेका छन् ।