कांग्रेस नेता बडू दार्चुलाबाट निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत दार्चुलाबाट गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् ।

बडूले २८ हजार ५ सय १५ मत ल्याउँदै नेकपा एमालेका उम्मेदवार गणेश ठगुन्नालाई पराजित गरेका हुन् । उनका प्रतिद्वन्द्वी ठगुन्नाले २६ हजार ३ सय ८१ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार ठगुन्ना २०७० र २०७४ सालकाे निर्वाचनमा दार्चुलाबाट निर्वाचित भएका थिए ।