समानुपातिकतर्फ एमाले र कांग्रेसका ३ लाख कट्यो, रास्वपाको डेढ लाख
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा समानुपातिकतर्फ नेकपा एमाले र नेपाली कांग्रेसको तीन लाख मत कटेको छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी दुई ठूला दललाई पछ्याउँदै डेढ लाख कटाएको छ । नेकपा एमालेले ३ लाख ३१ हजार १०६ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ३ लाख ५ हजार २०१ मत प्राप्त गरेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहँदै १ लाख ६८ हजार ४७५ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले १ लाख ४९ हजार ३३७ मत प्राप्त गरेको छ ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ८७ हजार १६३ मत प्राप्त गर्दै पाँचौ स्थानमा रहेको छ ।
मतगणना जारी छ ।