रौतहट ३ मा स्वतन्त्र उम्मेदवार बीच कडा प्रतिस्पर्धा

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०७९ मा रौतहट क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवार बीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

हालसम्मको मतगणनाको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार प्रभु शाहले १३ हजार ७५७ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार ओमप्रकाशले ११ हजार ३७६ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवारलाई पछ्याउने क्रममा नेकपा (माओवादी केन्द्र)का रविन्द्र पटेलले ४ हजार ४९३ मत प्राप्त गरेका छन् ।