पुष्पा भुसाललाई पराजित गर्दै टोपबहादुर १ हजार ७ सय मतले विजयी
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०७९ मा अर्घाखाँची निर्वाचन क्षेत्र नं. १ मा टोपबहादुर रायमाझी १ हजार ७३० मतले विजयी भएका छन् ।
निकटम् प्रतिस्पर्धी नेकपा कांग्रेसका पुष्पा भुसाल (गौतम) लाई नेकपा एमालेका रायमाझीले पराजित गर्दा उनले ४२ हजार ६७५ मत प्राप्त गरेका छन् । भुसालले ४० हजार ९४५ मत प्राप्त गरेकी छिन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार १९९ मत प्राप्त गरेका छन् ।