कोस्टारिकालाई ७–० ले हराउँदा स्पेनको कीर्तिमान, गाभी बने कम उमेरमा विश्वकप गोल गर्ने खेलाडी

कतार । कतारमा जारी फिफा विश्वकप २०२२ मा स्पेनले कोस्टारिकालाई ७–० ले पराजित गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । हालसम्मको विश्वकपमा स्पेनले सबैभन्दा धेरै गोल अन्तरले जित हासिल गरेको कीर्तिमान कायम गरेको छ ।

खेलको ११ औं मिनेटमा ड्यानी ओल्मोको गोलबाट अग्रता लिएको स्पेनका लागि मार्काे एसेन्सिओ (२१ औं), फरान टोरेस (३१ औं) ले गोल गरेका थिए ।

पहिलो हाफमा ३–० को अग्रता लिएको स्पेनले दोस्रो हाफमा पनि लगातार कोस्टारिकामाथि हाबी भइरहेको थियो । स्पनेका लागि ५४ आंै मिनेटमा फरान टोरेस, ७४ औं मिनेटमा पाब्लो मार्टिन गाबी र ९० औं मिनेटमा बरागन कार्लाेस सोलरले गोल गरेका थिए ।

स्पेनको तर्फबाट सबैभन्दा कम उमेरमा विश्वकप गोल गर्ने खेलाडीमा पाब्लो मार्टिन गाभीले आफ्नो नाम लेखाउन सफल भए ।

अन्तिम समयको इन्जुरी टाइममा समेत एल्भारो मोराताले गोल गर्दै खेल ७–० ले आफ्नो पक्षमा पार्न स्पेन सफल भएको छ ।

यो सँगै समुह ‘ई’ को शीर्ष तालिकामा स्पेन, दोस्रोमा जापान, तेस्रोमा जर्मनी र चौंथोमा कोस्टारिका रहनेछ ।