गोरखा १ बाट कांग्रेस नेता बजगाईं निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत गोरखा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका राजेन्द्र बजगाईं प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

बजगाईले ३३ हजार ४ सय २८ मतसहित निर्वाचित भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण बस्नेतले १६ हजार ७ सय ८५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४ हजार ८ सय ९२ मत प्राप्त गरेका छन् ।