२५ हजारकाे फराकिलो मतान्तरलका साथ माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन रोल्पाबाट विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा नेपाफ कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरलाई २५ हजार २ सय २९ को फराकिलो मतान्तरले हराउदैं पुन निर्वाचित भएका हुन् । पुनले ४१ हजार ७ सय १४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत प्राप्त गरेका छन् ।

पुन यसअघि २०७४ मा भएकाे निर्वाचनमा पनि रोल्पाबाट नै निर्वाचित भएका थिए ।

रोल्पाबाट नेकपा एमालेकाे उम्मेदवार रहेका बुढामगर पूर्व माओवादी हुन् ।