राप्रपाका ज्ञानेन्द्र शाही जुम्लाबाट प्रतिनिधिसभामा निर्वाचित

काठमाडौं । जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा राप्रपाका ज्ञानेन्द्र शाही फराकिलो मतले निर्वाचित भएका छन् ।

शाहीले २२ हजार ८ सय १९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९ सय ५९ मत ल्याएकी छिन् भने नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६ हवार ५ सय २८ मत प्राप्त गरेका छन् ।

अब मैले राष्ट्रको नेतृत्व गर्ने हो भन्दै जितपछि ज्ञानेन्द्र शाहीले आफूलाई जुम्ली जनताले माया गरेको बताएका छन् ।