एमालेकी विद्या भट्टराई कास्की २ बाट निर्वाचित

काठमाडौं । कास्की क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् ।

भट्टराईले १६ हजार ९ सय ९८ मत प्राप्त गरि विजयी भएकी हुन् । उनले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५ सय ३ मतान्तरले पराजित गरेकी हुन् । निकटतम् प्रतिद्वन्द्वी कँडेलले १२ हजार ४ सय ९५ मत प्राप्त गरेकी हुन् ।

यस्तै, सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मत प्राप्त रेका हुन् ।