माओवादी अध्यक्ष प्रचण्ड २६ हजारभन्दा बढी मतले विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ काे निर्वाचनबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) १३ हजार भन्दा बढी मत अन्तरले विजयी भएका छन् ।

गाेरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका प्रचण्ड २६ हजार १ सय ३ मतले निर्वाचित भएका हुन् ।

सत्तारुढ गठबन्धनतर्फका उम्मेदवार दाहालले निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ र नेकपा एमालेका उम्मेदवार अब्दुस मियाले ७ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुर्लाकोटीलाई भारी मतान्तरले पराजित गर्दै प्रचण्ड प्रतिनिधि सभा सदस्‍यमा निर्वाचित भएका हुन् ।

२०६४ यताका सबै निर्वाचन लगातार जित्दै आएका माओवादी अध्यक्ष प्रचण्डले २०७४ को निर्वाचन चितवन क्षेत्र नम्बर ३ बाट जितेका थिए । उनले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा भने गोरखा २ रोजेका थिए ।