कांग्रेस नेता पौडेल निर्वाचित
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।
नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै गठबन्धनतर्फका उम्मेदवार पौडेल २५ हजार ३ सय १८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी रानाले १९ हजार ९ सय ४३ मत प्राप्त गरेका छन् ।
उस्तै, स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८ सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४ सय ८३ मत प्राप्त गरेका छन् ।