एमाले महासचिव शंकर पोख्रेललाई हराउँदै दाङ २ बाट रेखा शर्मा विजयी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की रेखा शर्मा प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई पराजित गरेकी हुन् ।

माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्माले नेकपा एमाले महासचिव शंकर पोखरेललाई १ सय ९६ मत अन्तरले पराजित गरेकी हुन् । दाङ क्षेत्र नम्बर २ बाट शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत मात्रै प्राप्त गरेका छन् ।

दोस्रो संविधानसभाकाे निर्वाचनमा समानुपातिक सांसद भएकी शर्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री भएकी थिइन् ।