एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहट १ बाट विजयी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रौतहटबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

रौतहट प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट नेपालले नेकपा एमालेका उम्मेदवार अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् ।

नेपालले ३३ हजार ५ सय २२ मत प्राप्त गरेका छने भने अजयले २६ हजार ५ सय २२ मत प्राप्त गरेका छन् ।