स्विट्जरल्याण्डको विश्वकपमा विजयी सुरुवात, क्यामरुन १–० ले पराजित
कतार । जारी फिफा विश्वकप अन्तर्गत आज भएको पहिलो खेलमा स्विट्जरल्याण्ड १–० गोल अन्तरले क्यामरुनमाथि जित निकालेको छ ।
खेलको ४८ औं मिनेटमा ब्रिल एम्बोलोको गोलबाट अग्रता लिएको स्विटरल्याण्डका लागि उक्त गोल नै निर्णायक गोल बन्न पुगेको छ ।
उक्त समुहमा ब्राजिल र सर्बिया रहेको छ । ब्राजिल र सर्बिया बीचको खेल नेपाली समयानुसार आज राति १२ः४५ बजे हुनेछ ।