नवलपरासी पूर्व–१ मा नेपाली कांग्रेसका शशांकको जित
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०७९ मा नवलपरासी पूर्व – १ मा नेपाली कांग्रेसका शशांक कोइरालाले जित निकालेको छ ।
उनले निकटम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णप्रसाद पौडेललाई २ हजार ८० मतले पराजित गरेका हुन् । उनले २७ हजार १२७ मत प्राप्त गरेका थिए भने पौडेलले २५ हजार ४७ मत प्राप्त गरेका थिए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्त पार्टीका राजन गौतमले २४ हजार ३०५ मत प्राप्त गरेका थिए ।