पहिलो अभ्यास खेलमा नेपाल पराजित
काठमाडौं । नामिबिया र स्कटल्याण्डसँगको सिरिज तयारीका लागि अभ्यास सिरिजका लागि दिल्ली गएको नेपाली क्रिकेट टोलीले पहिलो खेलमा पराजय व्यहोरेको छ ।
पहिलो ब्याटिङ्ग गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३०३ रन बनाएको थियो । जसका लागि कप्तान रोहित पौडेलले ११३ र दिपेन्द्र सिंह ऐरीले १०९ रन बनाएका थिए । डीडीसिएका लागि प्रिन्स यादवले ४ र अर्जुन रापारियाले २ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ्गमा डीडीसिएले ४९ ओभर ३ बलमा ८ विकेटको क्षतिमा विजयलक्ष्य हासिल गरेको थियो । जसका लागि सलिल मल्हौत्राले ५३ र बैभव शर्माले ४४ रन बनाएका थिए भने नेपालका लागि कुशल भुर्तेलले ३ र नन्दन यादवले २ विकेट लिएका थिए ।