१९ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश नं. १ को जित

काठमाडौं । १९ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले कर्णालीलाई ५ विकेटले पराजित गरेको छ ।

पहिलो ब्याटिङ्ग गरेको कर्णालीले ३२ ओभर ३ बलमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । कर्णालीका लागि दिनेश अधिकारीले ३५ र सुवास ऐयरले ३० रन बनाएका थिए भने सुदूरपश्चिमका लागि मिलन बोहराले ३ र नरेन साउदले २ विकेट लिएका थिए ।

जवाफी ब्याटिङ्गमा सुदूरपश्चिमले २६ ओभर २ बलमा ५ विकेट गुमाएर विजयलक्ष्य हासिल गरेको हो । जसका लागि मिलन बोहराले ४२ र दीपक बोहराले २० रन बनाएका थिए । कर्णालीका लागि अनुज चनाराले ३ र मोहन बिकेले १ विकेट लिएका थिए ।

यस्तै मुलपानीमा भएको तेस्रो खेलमा प्रदेश नं. १ ले गण्डकीलाई २१ रनले पराजित गरेको छ ।

प्रदेश नं. १ ले ४९ ओभर ४ बलमा सबै विकेट गुमाएर १८३ रन बनाएको थियो भने जवाफी ब्याटिमा गण्डकीले ४८ ओभर ३ बलमा सबै विकेट गुमाएर १६२ रन मात्र बनाउन सकेको थियो ।