माओवादी केन्द्रका रत्न ढकाल ९ हजार ४ सय ४२ मतान्तारले प्रदेश सभा सदस्यमा विजयी

काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश सभा (क) बाट रत्न ढकाल भारी मतका साथ प्रदेश सभा सदस्यमा विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा वागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री ढकालले नेकपा एमालेका उम्मेदवार दिलिप तामाङलाई ९ हजार ४ सय ४२ मतले पछि पार्दै भारी मतान्तरका साथ विजयी भएका हुन् ।

ढकालले २० हजार ७ सय २० मत प्राप्त गरेका छन् भने एमालेका दिलिप तामाङले ११ हजार २ सय ७८ मत प्राप्त गरेका छन् ।

साेही क्षेत्रमा उम्मेदवार रहेका नेपाल कम्यूनिष्ट पार्टी (माक्र्सवादी लेलिनवादी) का ङेमा लामाले एक हजार १ सय ५६, राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्दलाल श्रेष्ठले एक हजार ५१, मंगोल नेशनल अर्गनाइजेनशनका चन्द्रमान लामाले ३ सय ८३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टीका मानबहादुर तमाङले ३ सय ५४ र नेपाल कम्यूनिष्ट पार्टी परिवर्तनका विजबहादुर लामा थिङले १ सय ६६, नेपाल लोकतान्त्रिक पार्टीका सञ्जिव वल तामाङले १ सय २३ र नेककिपाका प्रज्ञान अस्तानी मगरले १ सय ८० मत प्राप्त गरेका छन् ।

ढकाल विगतकाे निर्वाचनमा पनि साेही क्षेत्रबाट निर्वाचित भएका थिए ।

,