शिक्षण पेशासंगै समाजसेवामा सक्रिय छेत्र लामा
रोशि। समाजसेवी छेत्र लामाले स्कुलले बालबालिकालाई न्यानाे कपडा वितरण गरेका छन् ।
लामाले काभ्रेको राेशिस्थित नागदेबि माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका हुन् ।
पेशाले अध्यापन भए पनि समाजसेवा गर्न रूचाउने लामाले बढ्दै गएको चिसोका कारण स्कुलले बालबालिकाहरूलाई सुइटर वितरण गरेका छ्न् । उनले नागदेबि माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा १० सम्मका ९० जना बालबालिकालाई सुइटर वितरण गरेका छ्न् ।
छेत्र लामा साेही नागदेबि माध्यमिक विद्यालयकाे गणितका साथै विज्ञान बिषयका शिक्षक समेत हुन् । लामाले विद्यार्थीको अवस्था हेरि शैक्षिक सामाग्री समेत वितरण गर्दै अएका छन् । लामा भन्छन्- बालबालिकाहरूले सामान्य शैक्षिक समाग्री अभाव कै कारण विद्यालय छाेड्नु नपराेस, आफुले सकेको सहयोग गर्न सधै तयार छु । पछिल्लाे समय सामुदायिक विद्यालयमा विद्यार्थीहरूकाे आकर्षण
घटेकाेमा चिन्तित रहेकाे र सामुदायिक विद्यालयमा कसरी विद्यार्थीकाे आकर्षण बढाउन सकिन्छ भनेर योजना बनाउँदै गरेको समेत उनले बताए ।
विभिन्न सामाजिक कार्यमा समेत सहयोग गर्दै अएका उनी फुर्सदकाे समयमा युवाहरूलाई सचेतना जगाउने सल्लाह सुझाव दिने, श्रम शिक्षा दिने, गाउँघरमा व्यक्तिगत स्वास्थ्य सम्बन्धि सचेतना जगाउने कार्य गर्नुका साथै आफ्नो वरिपरिको पर्यावरण सरसफाइ पनि अग्रसर छन् ।
सामान्य परिवारमा जन्मेका लामा आफ्नै ठाँउमा केही गरौं भन्ने युवाहरुलाई आफुले सकेको सहयाेग र सल्लाह सुझाव पनि दिदैं आएका छन् ।