चोरीको आरोपमा ५ जना पक्राउ
काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाकाे धुलिखेल नगरपालिका वडा नम्बर ६ बाट घर बनाउन प्रयोग गरिने फलामका टेका चोरी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
विभिन्न समयमा घर बनाउने ठाउँहरूमा फलामका टेकाहरू चोरी गरी लुकाएको अवस्थामा फलामको टेकासहित प्रहरीले पाँच जनालाई पक्राउ गरेकाे हाे । फलामको टेका चोरी भएको निवेदन परेसँगै जिल्ला प्रहरीले अनुसन्धान गरेर २६० थानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएकाे छ ।
प्रहरीले चोरी गरी लगेको फलामका टेकाहरु सहित काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ को राम मन्दिर स्थित कपन लसुनटार भन्ने स्थानबाट लुकाई छिपाई राखेको अबस्थामा उक्त टेकाहरु बरामत गरेकाे छ ।
चाेरीककाे आराेपमा पक्राउ परेकोहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२० चोरी तथा डाँका संम्बन्धी कसुर अन्तर्गत काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलबाट ७ दिन म्याद थप गरि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३५ को दिनेश लामा, सिन्धुली जिल्ला तिनपाने गाउँपालिका वडा नम्बर ९ बस्ने वर्ष २६ को मान सिं पाख्रिन, वर्ष २८ को पदम ब्लोन, वर्ष १८ को लिला ब्लोन र वर्ष २३ को टेक बहादुर मिजार रहेका छन् ।