जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् ।
सोमबार ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
५ दल माओवादी, एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी को समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका जम्कट्टेललाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेका हुन् ।
जम्कट्टेललाई माओवादीका २१, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरि ७० प्रदेश सांसदको समर्थन रहेकाे छ ।